उपत्यकाकाे पहिलाे जात्रा बिस्केट जात्रा चैत २८ देखि सुरु, सभ्य र भव्य बनाउन स्वयंसेवक परिचालन

प्रकाशित मिति: १३ चैत्र २०८१, बिहीबार १९:००


काठमाडाैं, चैत १४ ।
काठमाडाैं उपत्यकाकै पहिलाे ठूलाे जात्राकाे रूपमा भक्तपुरकाे प्रसिद्ध बिस्केट जात्रा (बिस्काः) यही चैत २८ गतेदेखि सुरु हुने भएकाे छ । भक्तपुरकाे यो वर्षको बिस्काः जात्रा सभ्य र भव्य रूपमा सञ्चालन गर्न सम्बन्धित निकायले स्वयंसेवकसमेत परिचालन गरिने भएको छ ।

बिस्काः जात्रा अवधिभर जात्रामा अत्याधिक भीड हुने दिनहरू चैत ३१ गते बैशाख १ र ५ गते स्वयंसेवकहरू खटाएर आवश्यक व्यवस्थापन गर्ने निर्णय गरिएको हो ।

जात्रा चैत २८ गतेदेखि २०८२ बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक वर्ष भक्तपुरको बिस्काः जात्रा ८ रात ९ दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ । भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा देश विदेशीको साझा जात्राको रूपमासमेत रहेको छ । यही कारण जात्रालाई सभ्य र भव्य बनाउन स्वयंसेवक परिचालन गर्न लागिएको जनाएको छ । जात्राको क्रममा हजारौँको भीड हुने र त्यसबाट उत्श्रृंखल क्रियाकलापसमेत हुनसक्ने सम्भावनालाई मध्यनजर गरी यस्तो व्यवस्था गर्न लागिएको जनाइएको हो ।

भक्तपुरको बिस्काः जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तान्नु, ५५ हात लामो लिङ्गो उठाउनु र ढाल्नु रहेको छ । जात्रा हेर्नका लागि १० औँ हजारकाे संख्यामा जात्रा प्रेमीहरू जात्रा स्थलमा पुग्ने गर्दछन् ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....