बिमस्टेक प्राविधिक बैठक आज सकिँदै, सचिवहरूको बैठक भोलि बस्ने

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार ११:०८


काठमाडौं, माघ २४ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को प्राविधिक बैठक आज पनि जारी रहेको छ । आज १७ औँ उच्च पदाधिकारी तयारी बैठक सकेपछि भोलि मंगलबार सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवको १७ औँ बैठक बस्नेछ ।

आज संयुक्त कार्यदल र उच्च पदाधिकारी तयारी बैठकमा गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भइरहेको छ । भोलि हुने सदस्य मुलुकका परराष्ट्र विदेश बाह्य मामिला मन्त्रालयका सचिव सम्मिलित बैठकको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा बिमस्टेकले प्राथमिकता तोकेका सामाजिक, आर्थिक विकासका १४ क्षेत्रमा भएका प्रगतिको समीक्षा गरिने भएको छ । बैठकमा सहभागिता जनाउन नेपाल, बंगलादेश, भारत, म्यान्मार, थाइल्याण्ड र श्रीलंकाका उच्च अधिकारीहरूको सहभागिता रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....