दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं, बैशाख ५ ।
दाङको लमही-भालुवाङ सडकखण्डअन्तर्गत सिंगेखोलानजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ ।
कृष्णनगर घोराहीतर्फ आउँदै गरेको बा. ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका-५ बस्ने ५७ निमसरोज यादव रहेका जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । अर्का एक जना मृतकको भने सनाखत हुन बाँकी रहेको छ ।
प्रतिक्रिया