राप्रपाका सांसद्हरूद्वारा सिंहदरबारभित्र प्रदर्शन, लिङ्देन र शाही पक्राउ
काठमाडाैं, बैशाख ७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद्हरूले सिंहदरबारभित्र प्रदर्शन गरेका छन् । सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा छलफल पछि बाहिरिने क्रममा उनीहरूले विभिन्न नारा लेखिएको पम्प्लेट प्रदर्शन गरेका थिए ।
निषेधित क्षेत्र तोड्ने लक्ष्यसहित सडकमा कार्यकर्ताहरूले प्रदर्शन जारी गरिरहेका बेला सांसद्हरूले भने सिंहदरबारभित्र प्रदर्शनमा उत्रिएका हुन् । सोही क्रममा राप्रपा सांसद्हरूको पम्प्लेट प्रहरीले खोसेका थिए । यद्यपि उनीहरूका गतिविधि शंकास्पद देखिन थालेपछि प्रहरीले भ्यानमा राखेर बाहिर ल्याएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सिंहदरबारभित्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुबै जनालाई काठमाडौं प्रहरी परिसरमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
राप्रपाले आज आइतबार निषेधित क्षेत्र तोड्ने योजनाका साथ प्रदर्शनको तयारी गरेको थियो ।
प्रतिक्रिया