प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा जाँदै गरेकाे बाेलेराे दुर्घटना, चार जनाकाे मृत्यु, दुई घाइते

काठमाडाैं, बैशाख ८ ।
प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा जाँदै गरेकाे बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सदरमुकाम फुङ्लिङदेखि पाथीभरा मन्दिरको दर्शनका लागि गएको बोलेर गाडी फुङ्लिङ नगरपालिका-१० सेवारो चोकमा दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो ।
मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका-१० सेवारो चोकमा बिजुलीको तार झरी मे. १ ज ३०११ गाडीमा आगो लाग्दा चार जनाको मृत्यु हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा फुङलिङ नगरपालिका-१० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेल रहेको प्रहरीले जनाएको छ ।
गाडीमा ६ जना रहेको र अन्य घाइते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उनका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतक आध्या घाइते साविनाको छोरी र सरिता र विनोद पौडेल साविनाको बुबा आमा रहेको जनाइएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया