भरतपुर ताजा अपडेट : ज्ञवाली र दाहालबीच मतअन्तर ७८४ मात्र

भरतपुर, जेठ १४ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार दिएकी रेणु दाहाल विस्तारै मत अन्तर घटाउँदै अघि बढ्दै गरेकी छन् ।
पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका देवी ज्ञवाली र दाहालबीचको मत अन्तर अब मात्र सात सय ८४ को फरक रहेको छ ।
देवी ज्ञवालीको अग्रता कायमै रहेको छ भने उनले अहिलेसम्म ४० हजार नौ सय ८० मत प्राप्त गरिसकेका छन् भने रेणु दाहालले ४० हजार एक सय ९६ मत प्राप्त गरेकी छन् ।
पछिल्लो समयानुसार वडा नं २१ मा २८८७ मतपत्र र वडा नं २० मा ३३१८ मतपत्र गणना गर्न बाँकी रहेको जनाएको छ ।
पहिलो चरणको स्थानीय तह निर्वाचनको लगभग सबैतिरको नतिजा आइसक्दा पनि धेरैको ध्यान अझ बढी भरतपुरतिरै केन्द्रित रहेको छ ।
प्रतिक्रिया