काठमाडाैं उपत्यकासहित अधिकांश स्थानमा वर्षा जारी

प्रकाशित मिति: १४ बैशाख २०८२, आईतवार १७:३१


काठमाडाैं, बैशाख १४ ।
अहिले काठमाडौं उपत्यकासहित पहाड र तराईंका अधिकांश क्षेत्रमा वर्षा जारी रहेको छ । पश्चिमी तथा स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली बाहेक सबै प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भएको हो । कर्णालीसहित सबै प्रदेशका पहाडका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । हिमाली भू-भागका थोरै स्थानमा अहिले कालो बादल लाग्नुका साथै हल्का वर्षा र हिमपात भएको छ ।

मौसमविद् गोविन्द झाकाअनुसार, लगातार पानी नपरे पनि यो क्रम दुई तीन दिनसम्म जारी रहनेछ । आज आइतबार राति पनि काठमाडौं उपत्यकासहितका स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताउँदै झाले पछिल्लो केही दिन बढेको गर्मीका कारण बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले पानी परेको जानकारी दिएका छन् ।

आज राति कोशी र मधेश प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा वागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको झाले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।  पाल्पा, धादिङलगायतका क्षेत्रमा पनि ८ मिलिमिटरभन्दा बढी पानी परेको मौसमविद झाको भनाई रहेकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

पूर्णिमा श्रेष्ठ जसले नेवार समुदायबाट धेरै सगरमाथा आरोहण गरी तोडे आफ्नै रेकर्ड

काठमाडाैं, जेठ ४ । गोरखाकी पूर्णिमा श्रेष्ठ पाँचौँ पटक सगरमाथा शिखर चुम्न सफल भएकी छन् । आज.....

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं, जेठ ४ । काठमाडौं जिल्ला.....

काठमाडौंको पिँगलास्थानमा एक पुरुष मृत फेला

काठमाडाैं, जेठ ४ । काठमाडौं.....