वागमतीसहित केही स्थानमा चट्याङसहित वर्षा

काठमाडाैं, बैशाख १६ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
जसका, कारण हाल सुदूरपश्चिम प्रदेशमा आंशिक र बाँकी भू-भागमा सामान्य बदली रहेको छ भने कोशी, वागमती, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ ।
महाशाखाकाअनुसार, आज मंगलबार दिउँसो भने कोशी, मधेश, वागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा मौसम साधारणतया बदली रहनेछ । कोशी, मधेश, वागमती र गण्डकीलगायत अन्य प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, वागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
यस्तो खालको मौसम राति पनि जारी नै रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया