भारतकाे केआईआईटीमा फेरी अर्की एक नेपाली विद्यार्थी झुण्डिएकाे अवस्थामा मृत फेला

एजेन्सी, बैशाख १९ ।
भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।
विश्वविद्यालयको छात्राबासमा नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरूकाअनुसार प्रिशाको शव छात्राबासको कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो ।
भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ ।
एबीभीपीले विज्ञप्ति निकारले केआईआईटी मा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ । यसअघि गएको फागुनमा यही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी थिइन् ।
प्रतिक्रिया