मामाको हत्या गरेको आरोपमा काठमाडौं बस्ने भान्जा पक्राउ

प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार १७:३७


काठमाडौं, बैशाख २० ।
काठमाडौंको नागार्जुन नगरपालिका-३ रातामाटे बस्ने सिन्धुली फिक्कल गाउँपालिका-५ घर भएका ४५ वर्षीय सन्तोष माझीको हत्या गरेको अभियोगमा उनकै भान्जा नाता पर्ने युवक पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने २८ वर्षीय सुरज तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुरजले फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

उता, मुगुको छायाँनाथ रारा नगरपालिका-१२ लुम्स गाउँ बस्ने ३६ वर्षीया दुर्गा ऐडीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीया बिमला बुढालाई जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । जग्गाको विषयलाई लिएर बिमलाले मंगलबार बिहान कुटपिट गर्दा गम्भीर घाइते भएकी दुर्गाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा थप उपचारको क्रममा आज शनिबार बिहान मृत्यु भएको थियो ।

उक्त घटना सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

देशमा पश्चिमी वायु तथा स्थानीय वायुकाे प्रभाव, बिहानैदेखि देशभर वर्षा जारी

काठमाडाैं, बैशाख २१ । अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै.....

कक्षा १२ काे परीक्षा आजबाट सुरु

काठमाडाैं, बैशाख २१ । राष्ट्रिय.....

आवासीय चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं, बैशाख २० । आवासीय चिकित्सक.....