काराेबारकाे पाँचाैँ दिन सुनकाे मूल्य ४ हजार ६ सय रुपैयाँले घट्याे

प्रकाशित मिति: १८ बैशाख २०८२, बिहीबार ११:००


काठमाडाैं, बैशाख १८ ।
नेपाली बजारमा सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रति तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो ।

बुधबार १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

आवासीय चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं, बैशाख २० । आवासीय चिकित्सक र सरकारबीच भएको सहमतिपछि जारी आन्दोलन स्थगित गरिएको छ ।.....