जुवातास खेलिरहेको अवस्थामा भक्तपुरबाट १० जना पक्राउ

काठमाडौं, बैशाख २० ।
भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका-९ च्यामासिंह डेरा गरी बस्ने चाँगुनारायण नगरपालिका-५ छालिङ घर भएका ४८ वर्षीय भरत गिरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ५३ हजार ८ सय ५० रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया