पेट्रोलदेखि ग्याँससम्मको मूल्यमा गिरावट

प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार २२:२५


काठमाडाैं, बैशाख १७ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो ।

एलपी ग्याँस प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।

त्यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रति लिटर चार रुपैयाँ मूल्य घटाइएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

आवासीय चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं, बैशाख २० । आवासीय चिकित्सक र सरकारबीच भएको सहमतिपछि जारी आन्दोलन स्थगित गरिएको छ ।.....