माल्टाकाे प्रलाेभन देखाएर ठगी अभियाेगमा काठमाडाैंका ५६ वर्षीय पुरुष पक्राउ

काठमाडाैं, बैशाख १६ ।
वैदेशिक रोजगारीकाे रूपमा माल्टा पठाउँछु भनी ठगी गरेको अभियाेगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२ घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् ।
आज मंगलबार उनलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले जानकारी दिएका छन् ।
उनीमाथि पीडितहरूबाट २४ लाख रकम लिएर फरार भएको आरोपसमेत लागेको छ ।
प्रतिक्रिया