देशमा पश्चिमी वायु तथा स्थानीय वायुकाे प्रभाव, बिहानैदेखि देशभर वर्षा जारी

प्रकाशित मिति: २१ बैशाख २०८२, आईतवार ०८:०२


काठमाडाैं, बैशाख २१ ।
अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी भू-भागमा वर्षा भइरहेको छ । वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागको एक/दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

देशमा पश्चिमी वायु तथा स्थानीय वायुकाे प्रभाव, बिहानैदेखि देशभर वर्षा जारी

काठमाडाैं, बैशाख २१ । अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै.....

कक्षा १२ काे परीक्षा आजबाट सुरु

काठमाडाैं, बैशाख २१ । राष्ट्रिय.....

आवासीय चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं, बैशाख २० । आवासीय चिकित्सक.....