भरतपुरमा मतपत्र च्यातिएपछि मतगणना स्थगित, अवस्था तनावग्रस्त
(विज्ञप्तिसहित)

चितवन, जेठ १५ ।
कडा प्रतिस्पर्धाबीच मतगणना जारी रहेको भरतपुर महानगरपालिकामा रातिबाट एकाएक मतगणना स्थगित गरिएको छ ।
मतगणना करिब करिब अन्तिम चरणमा आइसकेको बेला मध्यराति १ बजेर २० मिनेट जाँदा मतगणना स्थगित गरिएको हो । मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतले विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म मतगणना स्थगित भएको जनाएको हो ।
अहिले चितवनको अवस्था तनावग्रस्त रहेको छ । एमाले र माओवादी एकअर्काले मतपत्र च्यातिएको आरोप लगाउँदै नारा लगाएका छन् ।
प्रतिक्रिया