काठमाडौं सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी

काठमाडाैं, जेठ ७ ।
काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ । आज बुधबार बिहान लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन् ।
ग्याँस लिग भई आगलागी हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट भएको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यस आगलागीमा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
आगलागीको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.-२४ बाघभैरव गुल्म काठमाडौंबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अशोक कुमार न्यौपाने र काठमाडौं महानगरपालिका बारुण यन्त्र कार्यालय न्यूरोडबाट सशस्त्र प्रहरी नायब निरीक्षक धन बहादुर सुवेदीको कमान्डमा सुरक्षा फौज खटिएको थियो ।
आगो बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया