पाकिस्तानमा स्कूल बसमा आक्रमण, तीन बालबालिकासहित पाँचको मृत्यु, दर्जनौँ घाइते

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बुधबार १३:५४


एजेन्सी, जेठ ७ ।
पाकिस्तानको बलुचिस्तानको खुजदार जिल्लामा बुधबार बिहान स्कूल बसमा आक्रमण भएको छ । जसमा परी तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

खुजदारका उपायुक्त यासिर इकबाल दस्तीका अनुसार बिहान सबेरै खुजदार सहरको जिरो पोइन्टमा बालबालिका बोकेको बसमा विस्फोट भएको हो ।

घटनामा ५ जनाको मृत्यु भएको छ भने घाइतेहरूलाई अस्पताल पठाइएको छ ।

खुजदार प्रहरी चौकीकाअनुसार विस्फोटबाट बस पूर्ण रूपमा ध्वस्त भएको छ भने नजिकै पार्किङ गरिएको सानो कारमा पनि क्षति पुगेको छ ।

विस्फोटक पदार्थ रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको हो वा आत्मघाती आक्रमणकारीले गरेको हो भन्ने कुरा अझै प्रस्ट भइसकेको छैन ।

प्रहरी अधिकारीहरूकाअनुसार बसमा करिब ४० जना बालबालिका यात्रा गरिरहेका थिए ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तर घटनालाई बलुच अतिवादीहरूसँग जोडिएको बीबीसीले जनाएको छ ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले आक्रमणको कडा निन्दा गर्दै समवेदना व्यक्त गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....