प्रहरी निरीक्षकको पहिचान बनाएर झुक्याएको अभियोगमा २३ वर्षीय युवक भक्तपुरबाट पक्राउ

प्रकाशित मिति: ८ जेष्ठ २०८२, बुधबार २०:३४


काठमाडाैं, जेठ ७ ।
प्रहरी निरीक्षकको पहिचान बनाएर सर्वसाधारणलाई झुक्याएको अभियोगमा भोजपुरका एक युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्ने व्यक्ति भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका-३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी क्षेत्रमा बसोबास गर्दै आएका २३ वर्षीय सुजन गिरी रहेका छन् ।

उनले आफू प्रहरी निरीक्षक (ईन्सपेक्टर) भएको भन्दै मोबाइलको वालपेपरमा प्रहरी बर्दी लगाएको फोटो राखी सर्वसाधारणलाई झुक्याउँदै आएका थिए ।

यहीँ २०८२ साल जेठ ६ गते राति करिब साढे ९ बजे, मध्यपुर ठिमी नगरपालिका-२ स्थित दिब्यश्वरी नेवा: भुतू रेस्टुराँ अगाडिको सडकखण्डमा उनले प्रहरी भनी झुक्याएको सूचना प्राप्त भएलगत्तै प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

हाल सुजन गिरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले आज बुधबार जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....