काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन घाइते, दुईको अवस्था गम्भीर

प्रकाशित मिति: ९ जेष्ठ २०८२, बिहीबार १४:३९


काठमाडाैं, जेठ ८ ।
रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाबाट शवसहित पाँज जना बोकेर काठमाडौं आउँदै गरेको प्रदेश-३-०३-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स खाँडादेवी गाउँपालिका-३ को चारघरे जङ्गलमा आज बिहीबार मध्याह्नमा दुर्घटना भएको हो ।

दोरम्बा शैलुङ गाउँपालिका-२ बाट शव, एक जना प्रहरी जवानसहित पाँच जना बोकेको एम्बुलेन्समा सवार यात्रुलाई पाँच मिनेट लागेपछि खाँडादेवी गाउँपालिका-३ को चारघरे जङ्गलमा रोकिएको थियो ।

पाँच मिनेट गरेपछि फेरी चढ्दै गर्दा एक्कासि एम्बुलेन्स गुडेर सडकबाट करिब १०० मिटर तल झरेको ईलाका प्रहरी कार्यालय चोप्राङ रामेछापका प्रहरी सहायक निरीक्षक गणेश देवकोटाले जानकारी दिएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते बनेका दुई जनालाई उपचारका लागि काठमाडौं पठाइएको उनले बताए । एम्बुलेन्समा सवार प्रहरी जवान सकुशल रहेको र एम्बुलेन्स चालक सामान्य घाइते भएको प्रहरीको भनाई रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....