निर्वाचन आयोगले बोलायो आकस्मिक बैठक, भरतपुरमा च्याटिएको मतपत्रबारे छलफल

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार १०:४३


काठमाडौं, जेठ १५ ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिकको मतगणना भइरहेको समयमा घटेको घटना र बालुवाटारमा प्रमुख दलहरूको सहमतिअनुसार एक हप्ता निर्वाचन कार्यक्रम सार्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा परामर्श गर्न आकस्मिक बैठक बोलाएको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयमा अहिले केही समयपछि बस्ने बैठकमा भरतपुर महानगरपालिकाको मतगणना भइरहेको बेला माओवादी केन्द्रका प्रतिनिधी द्रोणबाबु सिवाकोटी र ईश्वर सापकोटाले मतपत्र च्यातेको एमालेको आरोपका विषयमा छलफल हुनेछ भने भरतपुरमा भएको सबै विवरण माग गरेर प्रमुख आयुक्त र आयुक्तहरूले अध्ययन गरेर निर्णय लिए पछि मात्र मतगणना हुने जनाएको छ । भरतपुरको सबै विवरण आयोगले माग गरिसकेका छन् ।

माओवादी केन्द्रले भने एमालेका प्रतिनिधी गंगालाल लामाले प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको दाबी गरेका छन् । यी तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

त्यसैगरी, निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई एक हप्ता पछाडि सार्न सकिन्छ या सकिँदैन भन्ने बारे छलफल गर्न बैठक बोलाएको आयोग उच्च स्रोतले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....