मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्ने अनुमति

प्रकाशित मिति: ९ जेष्ठ २०८२, बिहीबार १६:२२


काठमाडाैं, जेठ ८ ।
काठमाडौं जिल्ला अदालतले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

चैत १५ गते काठमाडाैंकाे तीनकुनेमा भएकाे घटनामा पक्राउ परेका प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले आज बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....