अमेरिकामा सानो विमान दुर्घटनाग्रस्त, १५ घरमा आगलागी

एजेन्सी, जेठ ८ ।
अमेरिकाको सान डिएगोमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनाका कारण करिब १५ घरमा आगलागी भएको अमेरिकी मिडियाले उल्लेख गरेका छन् । दुर्घटना कुहिरोका कारण भएको बताइएको छ ।
दुर्घटनापछि जेट इन्धन चारैतिर फैलिएपछि आगलागी भएको थियो । आगलागी भएपछि तत्काल सबै घरहरू खाली गराइएको थियो ।
विमान दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने स्पष्ट भएको छैन । संघीय उड्डयन प्रशासन (एफएए) ले सेस्ना ५५० विमान मोन्टगोमेरी-गिब्स कार्यकारी विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको बताएको छ ।
एफएएले विमानमा कति जना सवार थिए भन्ने कुरा अझै थाहा नभएको भए तापनि यो विमानले बढीमा छ देखि आठ जनासम्म बोक्न सक्ने बताइएको छ ।
प्रतिक्रिया