देशभर वर्षाको सम्भावना, आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी

प्रकाशित मिति: ९ जेष्ठ २०८२, बिहीबार २०:१३


काठमाडाैं, जेठ ८ ।
बिहीबार बेलुका कोशी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।

यसैगरी, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टा अर्थात् भोलि शुक्रबार साँझ ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ: कोशी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च-पहाडी तथा हिमाली भूभागका ‍एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नु हुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोधसमेत गरेको छ ।

मौसम महाशाखाकाअनुसार आज बिहीबार राति कोशी प्रदेश, मधे प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका ‍एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।

यस्तै, शुक्रबार दिउँसो पनि कोशी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका ‍एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना पनि रहेको छ ।

मौसमविद्काअनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षाको रूपमा लिइन्छ ।

यस्तै, केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भू-भागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक/दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....