बैतडीमा दुई पटक भूकम्पको धक्का महशुस

काठमाडाैं, जेठ ९ ।
बैतडी जिल्लाको सदरमुकाम खलङ्गालाई केन्द्रबिन्दु बनाएर गएराति दुई पटक भूकम्पको धक्का महशुस गरिएको छ । सुर्खेतस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार पहिलो भूकम्प राति १ः४८ बजे ५.१ रेक्टर स्केलको र दोश्रो भूकम्प २ः०० बजे ३.७ रेक्टर स्केलको मापन गरिएको हो ।
भूकम्पको लगातार दुई पटक धक्का महशुस भएपछि स्थानीयवासीहरू त्रसित हुँदै घर बाहिरसमेत निस्किएका थिए । भूकम्पको कम्पन बैतडीसँगै दार्चुला, बझाङ र डडेल्धुरामा समेत अनुभूति गरिएको बताइएको छ ।
हालसम्म भूकम्पका कारण मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन । स्थानीय प्रशासनले क्षतिको अवस्था बुझ्न निगरानी सुरु गरिसकेको जनाएको छ ।
प्रतिक्रिया