काठमाडाैंतर्फ आउँदै गरेकाे बस र कार एकापसमा ठाेक्किँदा एककाे मृत्यु

प्रकाशित मिति: १० जेष्ठ २०८२, शुक्रबार ०८:०४


काठमाडाैं, जेठ ९ ।
चितवनमा आज शुक्रबार बिहान बस र कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बिहान पाैने २ बजेकाे समयमा चितवनको खैरहनी नगरपालिका-२, ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको वागमती प्रदेश ०१-००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको वागमती प्रदेश ०१-०३० च ११५७ नम्बरको कार एकापसमा ठोकिएका हुन् ।

चितवन प्रहरीले दिएकाे जानकारीअनुसार दुर्घटनामा कार चालक खैहरनी नगरपालिका-८ बस्ने ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकामा बिहान ३ः०५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिएका हुन् ।

उनकाअनुसार बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइने जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....