महाशाखाद्वारा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी

प्रकाशित मिति: १० जेष्ठ २०८२, शुक्रबार १९:५२


काठमाडाैं, जेठ ९ ।
शुक्रबार साँझ वागमती प्रदेशका थोरै स्थान तथा कोसी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेसम्म)का लागि चेतावनी तथा परामर्श जारी गरेको हाे ।

जसमा भनिएको छ: कोशी प्रदेश र मधेश प्रदेशसहित वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका ‍एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरेकाे छ ।

मौसम महाशाखाकाअनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएकाे छ । यसैका कारण मौसम बदली र वर्षा जारी रहेको हो ।

मौसमविद्काअनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षाकाे रूपमा लिने गरिन्छ ।

यस्तै, केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भू-भागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक/दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....