दोलखाको नेपालभाषा शब्दकोष ‘द्वाल्खा खँकुठी’ विमोचन

काठमाडाैं, जेठ १० ।
वागमती प्रदेश दोलखाकाे भीमेश्वर नगरपालिका वडा नं.-२ द्वाल्खा नगर निवासी संस्कृतिप्रेमी तथा ज्येष्ठ नागरिक यज्ञकुमार प्रधानकाे ‘द्वाल्खा खँकुठी’ (दोलखा नेवार भाषा शब्दकोष) विमोचन भएको छ ।
नेपाल भाषा एकेडेमीका चान्सलर एवं नेवाः देय् दबूका संरक्षक मल्ल के. सुन्दरको अध्यक्षता तथा अमेरिकाको क्यालिफोर्नियामा जन्मेर हाल अबुधाबीस्थित विश्वविद्यालयमा भाषा शास्त्र अध्यापन गरिरहेकी डा. क्यारोल जिन्नेटकाे प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हाे ।
कार्यक्रममा नेपाल भाषा एकेडेमीका नरेन्द्रकुमार प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल भाषा एकेडेमीका मुख्य व्यक्तित्वहरूलगायत अमेरिकी निवासी पावल (क्यारोलका पति महोदय), अबुधाबीस्थित विश्वविद्यालयमा अध्ययनरत् विभिन्न देश (जापान, चीन, कजाकिस्तान, घाना, कोरियालगायत) का विद्यार्थीहरूको उपस्थिति रहेको थियो । साथै दोलखाली विशिष्ट व्यक्तित्वहरूको साथमा दोलखाली संघसंस्थाका अध्यक्षहरूको सहभागी रहेको थियो ।
नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दर, प्रमुख अतिथी अमेरिकी नागरिक प्रा.डा. क्यारोल जिन्नेट, शब्दकोष लेखक तथा संकलक यज्ञकुमार प्रधानकाे लोकार्पित ‘द्वाल्खा खँकुठी’ नामक यो शब्दकोष १९६ पृष्ठको छ । जसमा चार भाषा समावेश गरिएकाे छ ।
यस पुस्तकको प्रकाशन नेपाल भाषा एकेडेमी रहेको छ भने पुस्तक प्रकाशन तयारीका लागि कालिञ्चोक युवा क्लबका अध्यक्ष अनिलचन्द्र श्रेष्ठको देन रहेको छ । दोलखाली युवा उज्ज्वल प्रधानद्वारा सञ्चालित कार्यक्रममा प्रोफेसर डा. क्यारोल जिन्नेट, चान्सलर मल्ल के. सुन्दर, अमरकुमार प्रधान र पुस्तक लेखक यज्ञकुमार प्रधानले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया