ललितपुरको एकान्तकुनामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं, जेठ १० ।
ललितपुर महानगरपालिकको एकान्तकुनामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरकाअनुसार ठक्करबाट मोटरसाइकल चालक गोरखा घर भई हाल काठमाडौंको नैकाप बस्ने ३० वर्षीय सञ्जीव अधिकारीको मृत्यु भएको हो ।
आज शनिबार बिहान ललितपुर महानगरपालिका-४ एकान्तकुना खरिबोटस्थित सडकमा बा. २ ख ३४८ नम्बरको बसले बा. ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा शनिबार दिउँसो अल्का अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार महिलाको पनि अल्का अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया