रुसद्वारा युक्रेनकाे राजधानी किभमा भीषण आक्रमण, कम्तीमा पनि १३ जनाकाे मृत्यु

प्रकाशित मिति: १२ जेष्ठ २०८२, आईतवार ०८:१९


एजेन्सी, जेठ ११ ।
रुसले युक्रेनको राजधानी किभमा भीषण आक्रमण गरेको छ । उक्त हमलामा परी कम्तीमा पनि १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

यो पछिल्लो आक्रमणबाट ५६ जना घाइते भएको युक्रेनका अधिकारीहरूले भनाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । युक्रेनी वायु सेनाले भनेको छ, ‘रुसले २५० ड्रोन र १४ ब्यालेस्टिक मिसाइल राजधानी किभमा फ्रहार गरेको छ । यो हमलामा कारण बस्तीमा आगो लागेको छ ।’

वायु सेनाकाअनुसार युक्रेनले रुसका ६ मिसाइल र २४५ ड्रोनलाई खसालेको छ । रुसी आक्रमणलाई लिएर युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले एक्समा लेखेका छन्, ‘हरेक यस्ता आक्रमणबाट दुनियाँलाई अझ यकिन भएको छ कि युद्ध लम्बाउने रुस हो ।’


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....