बालेनले मागे वडा नम्बर-१७ का वडाध्यक्ष नवीन मानन्धरसँग स्पष्टिकरण

काठमाडाैं, जेठ ११ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले महानगरका प्रवक्ता तथा वडा नम्बर-१७ का वडाध्यक्ष नवीन मानन्धरसँग स्पष्टिकरण मागेका छन् ।
आज आइतबार पत्रमार्फत् स्पष्टिकरण सोधिएको प्रवक्ता मानन्धरले जानकारी दिए । स्पष्टिकरण सोध्नुको मुख्य कारण मेयर शाहको विरुद्धमा आवाज उठाउनु रहेको उनको भनाई रहेको छ । आफूले बोलिरहेको विषयमा बालेनको आपत्ति रहेको बुझेको भए तापनि पत्र भने हातमा नपरेको मानन्धरले बताएका छन् ।
मेयर शाहले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन नसकेको भन्दै चैत १० गते कार्यपालिका माग गर्दै कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरूले मेयर शाहलाई ज्ञापन पत्र बुझाएका थिए ।
प्रवक्ता मानन्धरलगायतका वडाध्यक्षहरूले बालेनको एकल निर्णयलाई विरोध गर्दै आएका छन् । यसअघि, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गराउने क्रममा प्रवक्ता मानन्धरले मुख्य भूमिका खेलेका थिए ।
प्रतिक्रिया