डेरामा मृत भेटिएकी ५० वर्षीया रोशनी शाहीको अनुसन्धान सुरु

प्रकाशित मिति: १२ जेष्ठ २०८२, आईतवार २०:५१


काठमाडौं, जेठ ११ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-३ बालकोट वृहस्पति मार्गस्थित डेरामा बस्दै आएकी ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छन् । प्रहरीकाअनुसार मृतक जाजरकोटको स्थायी बासिन्दा हुन् ।

आज आइतबार दिउँसो अन्दाजी १ः५० बजेतिर रोशनी शाहीको डेरा रहेको तीन तले पक्की घरको पहिलो तलाको कोठामा भित्रबाट चुकुल लगाई उनी घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको सूचना प्राप्त भएलगत्तै प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

घटनाको प्रकृति, मृतकको शरीरको अवस्था र कोठाको अवस्थालाई मध्यनजर गर्दै अनुसन्धान भइरहेको बताइएको छ । घटनाका बारेमा थप विवरण संकलन कार्य जारी रहेको र पोष्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण पुष्टि हुने प्रहरीले जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले घटनाबारे जानकारी दिँदै भने, ‘मृतकको कोठा भित्रैबाट चुकुल लगाइएको अवस्थामा शव भेटिएको हो । यसबारे अनुसन्धान सुरु गरिएको छ ।’

शाहीले तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाएकी थिइन् । सोही प्रकरणपछि महरा पक्राउ परेका थिए । पछि उनले सफाइ पाएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....