मस्कोको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण, रुसलाई दवाब नदिए नराेकिने

प्रकाशित मिति: १३ जेष्ठ २०८२, सोमबार ०७:४२


एजेन्सी, जेठ १२ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाको मौनताले राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् । मस्कोको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणपछि जेलेन्स्कीले रुसलाई कडा दवाब नदिएसम्म यस्ता आक्रमण नरोकिने बताएका हुन् ।

रुसले हालै युक्रेनमा ३६७ ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो । २०२२ मा पुटिनले पूर्ण-स्तरीय आक्रमण सुरु गरेपछि एकै रातमा भएको यो सबैभन्दा ठूलो आक्रमण भएकाे हो ।

रुसले युक्रेनमाथि अत्याचार गरिरहेको राष्ट्रपति जेलेन्स्कीले प्रतिक्रिया दिए । युक्रेनभरी व्यापक आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।

यस्तै, युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रातभरको आक्रमणले रुस युक्रेनलाई पूर्ण रूपमा ध्वस्त पार्ने लक्ष्यमा रहेको देखाएको बताए । उनले रुसमाथि थप अन्तर्राष्ट्रिय दवाब दिन पनि आह्वान गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....