ग्याँस लिक भएर आगलागी हुँदा १८ वर्षीया २५ वर्षीय दाजु-बहिनीको मृत्यु

काठमाडौं, जेठ १२ ।
कपिलवस्तुको सुद्धोधन गाउँपालिका-५, जयनगरमा ग्याँस सिलिण्डर लिक भएर खाना पकाउने क्रममा आगलागी हुँदा दाजु-बहिनीको मृत्यु भएको छ । आइतबार साँझ घरमा खाना पकाउने क्रममा ग्याँसको रेगुलेटर खराब भएपछि आगो लागेको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले बताएका छन् ।
घरनजिकै गोठमा ग्याँस लिक भएर आगलागी हुँदा १८ वर्षीया सोनम यादव र उनका दाजु २५ वर्षीय शिवकुमार यादव गम्भीर घाइते भएका थिए । घाइते दुबैलाई आइतबार राति उपचारका लागि युनिभर्सल मेडिकल कलेज, भैरहवा पठाइएको थियो । सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मृतक सोनम राष्ट्रिय उच्च मावि मुरफुटवा कक्षा १० मा अध्ययनरत थिइन् । उनको मृत्युपछि विद्यालयले आज सोमबार शोक बिदा गरेको प्रअ लालचन्द पाण्डेयले बताए । दुबैको शव भीम अस्पताल भैरहवामा राखिएको छ ।
प्रतिक्रिया