भारतमा एउटा कारभित्र एउटै परिवारका सात जना मृत फेला

प्रकाशित मिति: १४ जेष्ठ २०८२, मंगलवार १३:२५


एजेन्सी, जेठ १३ ।
भारतको हरियाणास्थित पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेका छन् । पंचकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बीबीसी हिन्दीलाई बताएका छन् ।

सोमबार भएको उक्त घटना प्रथम दृष्टिमै आत्महत्याको घटना जस्तो देखिएको उनको भनाई छ । यस्तै, समाचार एजेन्सी पीटीआईले मृतकहरू देहरादुनका एकै परिवारका सदस्य रहेको उल्लेख गरेको छ ।

गएराति मिडियासँग कुरा गर्दै डीसीपी हिमाद्री कौशिकले सरसर्ती हेर्दा यो आत्महत्याको घटना देखिएको र सबै फोरेन्सिक प्रमाणहरू सङ्कलन गरिएको बताए । यो घटनाको गहन अनुसन्धान गरिने डीसीपी कौशिकले बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....