नेपालमा पनि भेटियाे काेराेनाकाे नयाँ लहर, सावधानी अपनाउन विज्ञकाे सुझाव

काठमाडाैं, जेठ १३ ।
भारत र चीनमा देखिएको कोरोनाको नयाँ लहर नेपालमा पनि भेटिएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक र धुलिखेल अस्पतालमा छ जना गरी सात जनामा सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा. चन्द्रबल झाले सङ्क्रमितहरूको विदेश भ्रमणको इतिहास नभएको र सबै डिस्चार्ज भइसकेको बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले हालको भेरियन्ट सामान्य रहेको र पहिले जस्तो त्रासको अवस्था नभएको बताएको छ । तर पनि, जोखिमलाई ध्यानमा राखी सीमा नाकामा हेल्थ डेस्क राखिएको र सातै प्रदेशलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
मास्क लगाउने, भिडभाडमा नजाने र हात धुने जस्ता सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ । यसबाट दीर्घ रोगी, बालबालिका र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउन विज्ञको सुझाव रहेकाे छ ।
प्रतिक्रिया