नेपालमा यस वर्षको मनसुन यही साताको अन्त्यसम्म प्रवेश गर्ने

काठमाडाैं, जेठ १३ ।
नेपालमा यस वर्षको मनसुन यही साताको अन्त्यसम्म प्रवेश गर्ने सम्भावना रहेको जनाएको छ । आज ममंगलबार भारतको आसाम, भुटान र बङ्गलादेशका पूर्वी भू-भागहरूमा मनसुन पुगिसकेकाले नेपालमा पनि जुन १३ को सरदर मितिभन्दा छिटो मनसुन आगमन हुने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाकाअनुसार, ‘नेपालमा मनसुन सामान्यतया पूर्वी भू-भागबाट जुन १३ मा प्रवेश गर्छ । तर, यस वर्ष अनुकूल मौसमी अवस्थाका कारण मनसुन छिटो आउने देखिन्छ ।’ उनले भने, ‘यसै साताको अन्त्यसम्ममा पूर्वी नेपालबाट मनसुन प्रवेश गर्ने सम्भावना देखिएको छ ।’
मौसमविद् झाले मनसुनी वायु नेपाल आउने क्रममा कहिलेकाहीँ बीचमा रोकिने गरे पनि यस वर्ष त्यस्तो अवस्था नदेखिएको र अनुकूल अवस्था (‘फेबरेबल कन्डिसन’) रहेको बताए ।
प्रतिक्रिया