इटहरीकाे एक प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, नियन्त्रणकाे प्रयास जारी

काठमाडाैं, जेठ १४ ।
इटहरी उपमहानगरपालिका-१२ स्थित खनारमा रहेको तिरुपति प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । आज बुधबार राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणका लागि इटहरी, धरान, विराटनगर, बेलबारी, कानेपोखरीसहित आसपासका १० भन्दा बढी पालिकाबाट दमकल परिचालन गरिएको छ । दमकल टोली र सुरक्षा निकायहरू संयुक्त रूपमा आगो नियन्त्रणको प्रयासमा खटिएका छन् ।
फ्याक्ट्रीभित्र प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, क्यामिकल र अन्य ज्वलनशील सामाग्री भएकाले आगो तीब्र गतिमा फैलिएको अनुमान गरिएको छ ।
आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन भने दमकल तथा सुरक्षकर्मीहरूले आगलागी नियन्त्रणको प्रयास जारी राखेका छन् ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले बताएका छन् ।
प्रतिक्रिया