कास्की जिल्लामा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प

काठमाडाैं, जेठ १४ ।
कास्कीको फुलिबाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि, सोमबार जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम चलिरहेको छ ।
प्रतिक्रिया