बम बिस्फोटका नाइके एवं कांग्रेसका पूर्वसांसद् अफताब आलमले पाए सफाइ

काठमाडाैं, जेठ १४ ।
मजदुलाई जिउँदै इँटाभट्टामा हालेको आरोप लागेका राजपुर बम बिस्फोटका नाइके एवं नेपाली कांग्रेसका पूर्वसांसद् अफताब आलमले सफाइ पाएका छन् । जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला गरेकामा आज बुधबार उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।
आलममाथि संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटाभट्टामा पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम बनाउने क्रममा बिस्फोट हुँदा हालको यमुनामाई गाउँपालिकास्थित सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर घाइते भएको र उनीहरूलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप छ ।
घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो र जिल्ला अदालत रौतहटले १३ बैशाख २०८१ मा जन्मकैदको फैसला सुनाएको थियाे ।
प्रतिक्रिया