सहकारीमा ५ लाखसम्म बचत गरेको पैसा डुबे सरकारले दिने

प्रकाशित मिति: १६ जेष्ठ २०८२, बिहीबार १६:०१


काठमाडाैं, जेठ १५ ।
सरकारले सहकारीमा राखिएको बचतकर्ताको ५ लाख रुपैयाँसम्मको सुरक्षा गरिदिने भएको छ । बजच कर्ताले सहकारीमा ५ लाख रुपैयाँसम्म बचत गरेको पैसा डुबाएमा सरकारले दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै सरकारीमा भएको ५ लाखसम्मको निक्षेप तथा संरक्षण कोषमार्फत् निक्षेत्र सुरक्षित गरिने बताए ।

‘सहकारी संस्थाहरूको वर्गीकरण एकीकरण र संरचनागत सुधार गरिने छ’, पौडेलले बजेटमा भने, ‘राष्ट्रिय सहकारी नियमनबाट सहकारी संस्थाहरूको प्रभावकारी नियमन गरिने छ ।’

सहकारीको सम्पत्ति अपचलन गर्नेको सम्पित लिलाम गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्ने सक्रिय कोष स्थापनाका लागि बीउ पूँजीको व्यवस्था गरेको पौडेले बताए ।

‘सहकारी ऋण न्यायाधीकरण स्थापना गरिने छ’, पौडेलले बजेटमा भने, ‘सरकारीको पैसा अपचलन गर्नेको सम्पत्ति रोक्का राखिने छ ।’


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....