राजावादी प्रदर्शनमा घुसपैठ, भारतीय नागरिकसहित पाँच पक्राउ

काठमाडाैं, जेठ १५ ।
राजावादी प्रदर्शनमा घुसपैठ भएको आरोपमा थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
योसँगै प्रहरी नियन्त्रणमा रहनेको संख्या पाँच पुगेको छ । यसअघि, तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिलेसम्म जम्मा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।
प्रहरी नियन्त्रणमा रहनेहरूमा डोटीको के. आई. सिंह गाउँपालिका-५ राणागाउँ घर भएका २१ वर्षीय पारस राणा, नुवाकोटको बेलकोटगढी नगरपालिका-७ तीनघरे घर भएका २६ वर्षीय आशिष लामा, कैलालीको घोडाघोडी नगरपालिका-१ घर भएका १७ वर्षीय शिवराज जैसी, पर्वतको पैयुु गाउँपालिका-५ का घनश्याम न्यौपाने र भारत विहारका ब्रिज मोहन राय रहेका छन् ।
भारतीय नागरिक राय र न्यौपानेलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । जैसीलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । बाँकी दुई जनालाई प्रहरी वृत्त जनसेवाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया