राजावादीकाे आन्दाेलनलाई ध्यानमा राखेर केही स्थानमा निषेधित क्षेत्र घाेषणा (विज्ञप्तिसहित)

काठमाडाैं, जेठ १६ ।
राजावादीको आन्दोलनलाई ध्यानमा राखेर सरकारले नारायणहिटी दरबार संग्रहालय आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
काठमाडाैंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौंका केही क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गर्ने आदेश जारी गरेका हुन् ।
जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार भाेलि शनिबारदेखि असार २४ गतेसम्म नारायणहिटी दरबार संग्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै संग्रहालयको दक्षिण गेटसम्म प्रदर्शन तथा विरोधका कार्यक्रम निषेध गरिएको छ ।
याे आदेशसँगै प्रशासनले निषेधित क्षेत्रभित्र कुनै प्रकारको सभा तथा जुलुस नगर्न अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया