नाइजेरियामा भारी वर्षाका कारण ११५ काे मृत्यु, ५० भन्दा बढी घर डुबानमा

एजेन्सी, जेठ १७ ।
नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा पनि १ सय १५ जनाको मृत्यु भएको छ । आपतकालीन व्यवस्थापन एजेन्सी (एनएसईएमए) का प्रमुख अबुलाही बाबाआराले धेरै घण्टासम्म वर्षा जारी रहेको बताए ।
उनले भने, ‘बढ्दो बाढीको पानीका कारण ५० भन्दा बढी घर र त्यसमा बस्ने मानिसहरू बगाएका छन् ।’ एजेन्सीकाअनुसार मोक्वा शहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको छ ।
नाइजेरियाले सन् २०२२ मा पनि ठूलो बाढीको सामना गर्नु परेको थियो । त्यतिबेला लगभग १३ लाख मानिसहरू आफ्नो घर छोड्न बाध्य भए र, ६०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।
प्रतिक्रिया