आउँदो माघ ७ भित्र चुनाव नभए संविधान पूर्ण रूपमा असफल : नेता कोइराला

भक्तपुर, माघ २४ ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आउँदो २०७४ साल माघ ७ गतेभित्र तीन वटै तहको निर्वाचन गर्न नसके संविधान पूर्ण रूपमा असफल हुने बताएका छन् ।
रफत सञ्चार क्लवद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले निर्णय गरेबमोजिम जेठ १० गतेभित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताउँदै कांग्रेस स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । स्थानीय निर्वाचनका लागि सबै नेता तथा कार्यकर्तालाई अग्रसर हुन उनले आग्रहसमेत गरेका छन् ।
कांग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर संघीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा नरहेको बताउँदै उनले पार्टीका केही नेताले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताए । संविधान संशोधन गर्न दुई तिहाई बहुमतको आवश्यक पर्ने भएकाले कांग्रेस पहाडलाई विभाजन गरेर संघीय प्रदेश बनाउनु हुन्न भन्ने पक्षमा रहेको उनले बताए ।
उनले प्रदेश नम्बर ५ लाई पहाडबाट विभाजन गर्दा सामाजिक एकता तथा सद्भावना खल्बलिने बताउँदै मधेशी मोर्चाले भन्दैमा कांग्रेस संविधान संशोधनमा नलाग्ने बताए । पहिला स्थानीय निकायको निर्वाचन गरेर प्रदेश हुँदै प्रतिनिधि सभाको निर्वाचन आगामी ७ माघ २०७४ सालसम्म जसरी पनि गर्नुपर्ने भएकाले मधेशी मोर्चालाई दुई तिहाई बहुमत पु¥याएर संविधान संशोधन गर्न आग्रह गरेका छन् ।
अहिलेको संविधान ९२ प्रतिशत सभासद्ले पारित गरेको स्मरण गराउँदै विश्वमै सबैभन्दा बढी बहुमतले बनाएको संविधानलाई अल्पमतले भन्दैमा संविधान संशोधन गर्न नसकिने उनले दाबी गरेका छन् ।
प्रतिक्रिया