राजावादीकाे आन्दाेलनमा घुसपैठ गरेकाे आराेपमा एक जना पक्राउ

काठमाडाैं, जेठ १७ ।
तेश्राे दिन पनि काठमाडाैं केन्द्रित राजावादीहरूको आन्दोलन आज शनिबार पनि जारी रहेकाे छ । साेही क्रममा आन्दाेलनमा घुसपैठ गरेको आराेपमा एक जना पक्राउसमेत परेका छन् ।
राजावादीहरूले थालेको आन्दोलनमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको छ । उनको परिचय खुलाइएको छैन । राजसंस्था पुनर्स्थापनासहितको माग राखेर १५ गतेदेखि काठमाडौंमा प्रदर्शन जारी राखेकाे हाे ।
राजावादीहरूको आन्दोलन अहिले नारायणहिटीमा निषेधित क्षेत्र तोकिएपछि शान्तिवाटीकामा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढेको छ ।
प्रतिक्रिया