पेट्राेलियम पदार्थकाे मूल्यमा पुनः वृद्धि

काठमाडाैं, जेठ १७ ।
पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि भएको छ ।
नेपाल आयल निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा भने १ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
वृद्धि भएको मूल्य आज शनिबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने घटेको छ ।
तर, ग्याँसकाे मूल्य हालकै मूल्य कायम रहेकाे जनाएकाे छ ।
प्रतिक्रिया