आइतबारदेखि मंगलबारसम्मै सातै प्रदेशका विभिन्न स्थानमा वर्षा

प्रकाशित मिति: १९ जेष्ठ २०८२, आईतवार ०९:५६


काठमाडाैं, जेठ १८ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज आइतबारदेखि पर्सि मंगलबारसम्म सात प्रदेशमा हुने सम्भावित वर्षाबारे जानकारी गराएको छ ।

महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार मंगलबारसम्मै सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ ।

महाशाखाले होसियारीका लागि २४ घण्टे चेतावनी पनि जारी गरेको छ ।

जसमा भनिएको छ : कोसी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ । यसकारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न हुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोधसमेत गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....