यातायात व्यावसायीद्वारा माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन

काठमाडाैं, जेठ १८ ।
सार्वजनिक यातायात व्यावसायीहरूले आज आइतबार दोश्रो दिन पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । देशव्यापी आन्दोलन घोषणा गरेका यातायात व्यावसायीहरूले आज दिउँसो माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।
शनिबार काठमाडौं उपत्यकामा एक घण्टा चक्का जाम गरेका व्यावसायीहरूले आज ब्यानर तथा प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि आफूहरूको लगानी संकटमा परेको यातायात व्यावसायीहरूको भनाई रहेको छ ।
विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरूले भोलि सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय गरेका छन् । सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यावसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् ।
प्रतिक्रिया