राप्रपा नेपालका अध्यक्ष कमल थापासहित पाँच पक्राउ, धर्ना सुरु

प्रकाशित मिति: १९ जेष्ठ २०८२, आईतवार १६:१९


काठमाडाैं, जेठ १८ ।
राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् ।

राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । थापा पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका हुन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठकाअनुसार, थापासहित आज आइतबार पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइ गर्न माग गर्दै धर्ना सुरु गरिएको हो ।

प्रहरीले भने निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराकाअनुसार, नारायणचौरबाट प्रदर्शन गरिएको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।

गत १५ जेठबाट प्रदर्शन सुरु गरेका राजावादीले आज पनि नारायणचौरबाट आन्दोलन सुरु गरेका थिए । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यसहितको माग राखेर भइरहेको प्रदर्शन शनिबार बालुवाटारनजिकै पुगेको थियो ।

आज पनि नारायणचौरबाट राजावादीको प्रदर्शन बालुवाटारतर्फ जाँदै थियो । सोही क्रममा राजावादीहरू उग्र हुँदै निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेको प्रहरीको दाबी छ ।

प्रधानमन्त्री, सभामुखलगायतको सरकारी निवास रहेको बालुवाटार क्षेत्रलाई सरकारले यसअघि नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....